दफा १२
आयोगको स्रोत साधन तथा लेखापरीक्षण् आयोगको स्रोत साधन तथा लेखापरीक्षण् आयोगको स्रोत साधन तथा लेखापरीक्षण
(१) आयोगको काम कारबाहीको लागि आवश्यक पर्ने रकम, भवन, साधन तथा अन्य स्रोतको व्यवस्था मन्त्रालयले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगलाई प्राप्त भएको रकम आयोगले कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(३) आयोगको सम्पूर्ण खर्च उपदफा (२) बमोजिम जम्मा गरिएको रकमबाट ब्यहोरिनेछ ।
(४) आयोगले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढा“चामा राख्नु पर्नेछ ।
(५) आयोगको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ